१९ पुस २०८२ शनिबार
image/svg+xml
अन्य

धरानमा लागूऔषध कारोबार बढ्यो

धरान– लागू औषध कारोबार र सेवनलाई नियन्त्रण गर्न प्रहरीले जनस्तरमा विभिन्न कार्यक्रम गरिरहे पनि पछिल्लो समय धरानमा ब्राउन सुगरको कारोबार बढेको छ।
nnnnn.jpg

मंसिर महिनामा धरान प्रहरीले ब्राउन सुगरसहित पक्राउ गरेको युवाहरु। तस्बिरः रोहित राई

विगतमा ट्याब्लेट र इञ्जेक्सनमार्फत् लागूऔषध सेवन गर्नेको संख्या अत्यधिक भए पनि हिजोआज ब्राउन सुगरको लतमा यहाँका युवाहरु फसेको प्रहरीको अनुमान छ। धरानस्थित कोशी अञ्चल प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयले संयुक्त रुपमा चलाएको अप्रेशनमा साउनयता एक जना बिक्रेतासहित ७ जना ब्राउन सुगर प्रयोगकर्ताहरु समातिएका छन्। उनीहरुको साथबाट २५ ग्राम ब्राउन सुगर पनि बरामद भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुदमकुमार सिँजापतिले जानकारी दिए।

प्रहरीका अनुसार मंसिर १६ गते धनकुटा घोर्लीखर्क २ का २४ वर्षीय रमेश श्रेष्ठ धरान ३ बाट पक्राउ परेका छन्। उनको साथबाट ९ ग्राम ब्राउन सुगर पनि फेला परेको थियो। यस्तै, मंसिर २५ गते धरान १३ का ३४ वर्षीय रामकुमार बुढाथोकी र २५ वर्षीय आशिष सुब्बा समातिएका छन्। उनीहरुको साथबाट ९.६६ ग्राम ब्राउन सुगर पनि बरादम भएको डिएसपी सिजापतिले जानकारी दिए। यस्तै, मंसिर २७ गते धरान १४ का २९ वर्षीय सुमन श्रेष्ठ २.५० ग्राम ब्राउन सुगरसहित समातिएका छन् भने धरान १९ का २२ वर्षीय सन्तोष लिम्बु २.१ ग्राम र धरान १५ का ३२ वर्षीय पुरुषोत्तम श्रेष्ठ ३ ग्राम ब्राउन सुगरसहित पक्राउ परेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरुको बयानको आधारमा ब्राउन सुगरको बिक्रेटा इटहरी ५ का खड्कबहादुर राई पनि समातिएको डिएसपी सिजापतिले जानकारी दिए। खडक यसअघिको घटनामा पनि फरार व्यक्ति भएको उनले खुलाए।

मंसिरमा ब्राउन सुगर कारोबार बढेको तथ्यांक भए पनि प्रहरी सक्रियता बढे पनि अहिले कारोबारीहरुको गतिविधि नदेखिएको प्रहरी दाबी छ। 'यहाँ टिडी जेसिक, स्पास्मोजस्ता लागूऔषध कारोबार र सेवन बढी थियो। तर, मंसिरको यी घटनाले धेरै पैसा कमाउन कारोबारीको ध्यान ब्राउनसुगरले तानेको हो कि भन्ने देखिन्छ,' डिएसपी सिजापतिले भने, 'अञ्चल र इलाकाको संयुक्त अपे्रशन गरेर यिनीहरु समातिएपछि अहिले ब्राउन सुगरको कारोबार बन्द भएको छ।'


प्रकाशित: २३ पुस २०७२ ०१:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App