१९ पुस २०८२ शनिबार
image/svg+xml
अन्य

चक्कु प्रहार गरी लुट्ने पक्राउ

रौतहट– गौर–चन्द्रनिगाहपुरसँग जोडिएको सहायक राजमार्गमा सर्वसाधारणलाई चक्कु प्रहार गरी लुटपाट गर्ने कार्यमा संलग्न एकजना लुटेरालाई प्रहरीले पक्राउ गरेको छ।


यातायात बन्द हुँदा काठमाडांैबाट आएका भारत मोतिहारी जिल्लाको फुलवरिया बस्ने किसनकुमार जैसवालले भाडाको मोटरसाइकलमा बसी गौरतर्फ आउने क्रममा झुनखुनवा गाविसस्थित बम नहरमा बिहीबार बिहान साढे ५ बजे धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका छन्। घाइते भारतीय युवक जैसवाललाई उनका अभिभावकले उपचारका लागि भारतको पटना पठाइएका छन्। घाइते जैसवालको पठ्यु, टाउको, बाँया हातको पाखुरा र कुममा प्रहार गरी २० हजार नेपाल र २० हजार भारतीय रुपैयाँ लुटपाट गरेर फरार भए। लुटपाटमा संलग्न व्यक्तिको खोजतलास गर्दै जाँदा झुनखुनवा गाविस ८ का मुनचुन भन्ने अनिल यादवलाई प्रहरीले विहान १० बजे नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय गौरमा यादवलाई सार्वजनिक गर्दै प्रहरी उपरिक्षक गणेश रेग्मीले दुई मुखे फोल्डिंग चक्कु एक थान, सर्जिकल ब्लेड दुई थान, गाँजा दुई पुरिया, भारतीय रुपैया ३ हजार ३ सय ५०, नेपाली रुपैया १४ हजार ५० र सामसुंगको ग्लालेक्सी एस ३ मोबाईल एक थान बरामद गरेको बताए । बरामद गरिएको चक्कु र केही नगद रुपैयाँमा रगतसमेत लागेको जानकारी दिदै उक्त घटनामा अन्य केही व्यक्तिको संलग्नता रहेकोमा खोजतलास जारी रहेको प्रहरी उपरीक्षक रेग्मीले बताए ।

प्रकाशित: १६ पुस २०७२ ०८:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App