८ माघ २०८२ बिहीबार
image/svg+xml
अन्य

एक किलो सुनसहित एक बंगलादेशी पक्राउ

काठमाडौं– मलेसियन एयरको एमएच ११४ नम्वरको उडानद्वारा क्वालालाम्पुरबाट नेपाल आएका एक बंगलादेशी नागरिक एक किलोग्राम सुनसहित त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन्।पासपोर्ट नम्वर बिसी ०४३६४४९ का वंगलादेशी नागरिक ३२ वर्षीय शाहिद खानलाई एक किलो अवैध सुनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। कम्मरमा लुकाई छिपाई ल्याएको १ सय ग्रामको १० वटा टुक्रा सुनसहित उनलाई शनिबार पक्राउ गरिएको र यस विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीको केन्द्रीय समाचार कक्ष नक्सालले जनाएको छ।

प्रकाशित: १२ पुस २०७२ ००:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App