२३ पुस २०८२ बुधबार
image/svg+xml
अन्य

पेट्रोल छर्किएर जिउँदै आगो लगाउनेमध्येका एक पक्राउ

पथरी(मोरङ)– मोरङको भाथिगछ– ७ का २८ वर्षीय बब्लु राजवंशीमाथि पेट्रोल छर्किएर जिउँदै आगो लगाउने घटनामा संलग्न एकजनालाई प्रहरीले गएराति पक्राउ गरेको छ।


जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार भाथिगछ– २ का ४९ वर्षीय शिवु मलाहालाई पक्राउ गरिएको हो। जिप्रका मोरङका प्रहरी नायब उपरीक्षक प्रमोद खरेलका अनुसार लुकेर बसेको सूचनाका आधारमा प्रहरीको विशेष टोलीले मोरङको कटहरीबाट मलाहलाई पक्राउ गरेको हो। अरोपित शिवुलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाउन घटनाको अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक खरेलको भनाइ छ।

'थप तीनजनालाई चाँडै पक्राउ गर्छाैं,' उनले भने। घटनामा संलग्न भाथिगछ– २ का अजय सिंह, जीतेन्द्र मुखिया र जुगेश्वर मुखियालाई प्रहरीले खोजिरहेको छ। को १ प २४५० नंको मोटरसाइकलमा भारतीय पम्पबाट १५ लिटर पेट्रोल खरिद गरेर आउँदै गर्दा बब्लुमाथि भाथिगछ– २ रामजानकी चोकमा गत मङ्सिर १० गते बिहान पेट्रोल छर्किएर आगो लगाइएको थियो। रासस

प्रकाशित: ५ पुस २०७२ २३:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App