लागुऔषध दुव्यर्सनी तथा कारोबारमा संलग्नलाई प्रहरीले दुई दिनको अवधिमा चार जनालाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय इटहरीका अनुसार दुई दिनअघि इटहरीकै तीन जनालाई आक्रमण गरि फरार रहेका इटहरी वडा नं. ५ का १९ बर्षीय सन्तबहादुर लिवाङ्, सोही ठाउँका विकल पौडेल, रुपेश मिश्र र इश्वर राउतलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले लिवाङ्लाई इटहरीबाट र पौडेललाई धनकुटाबाट पक्राउ गरेको हो । उदयपुर प्रहरीको सहयोगमा मिश्र र राउतलाई आइतबार दिउँसो गाइघाट पक्राउ गरिएको इटहरीका डिएसपी ओम अधिकारीले बताए । पक्राउ पर्नेमध्ये लिवाङ्को साथबाट प्रहरीले ६० ट्याबलेट नाइट्रोजन र ९६ थान स्मास्मो प्रोक्सिभन क्याप्सुल बरामद गरेको छ । पक्राउ पर्ने युवा दुव्र्यसनीसँगै कारोबारी पनि भएको अनुसन्धानबाट खुलेको छ।
डिएसपी अधिकारीका अनुसार पक्राउ पर्ने युवा समूहले दुई दिनअघि इटहरीको पश्चिम चोक खेतीखोला छेउबाट इटहरी वडा नं. २ का गोकुल बस्नेत, श्रीकुमार गुरुङ् र उमेश नेपाललाई आक्रमण गरि मोवाइल तथा केही नगद लुटेका थिए ।
पूर्वमा लागूऔषध कारोबार हुने मुख्य स्थान सीमावर्ती भारतीय बजार नै हो । अहिले मधेसी मोर्चाले आन्दोलन गरेको मौका पारेर शाखा राजमार्गबाट भारतबाट नेपाल भित्र्याउने र नेपालबाट भारतका बजारसम्म पूर्वी पहाडी जिल्लामा उत्पादित गाजा गिरोहले लाने गरेको छ ।
पछिल्लो समय लागूऔषधको कारोबारका लागि मुख्य डिलिङ हुने स्थान भने यातायातको मुख्य हब इटहरी नै हो । लागूऔषधको कारोबारमा संलग्नहरुका अनुसार इटहरीबाट पूर्वका गाउँबस्तीमा सबैतिर लागूऔषध खपत हुने गरेको छ ।
प्रकाशित: २७ मंसिर २०७२ ०७:०९ आइतबार





