प्रहरीले श्रेष्ठको घरमा खानतलासी गर्दा लुटिएको आईफोन समेत बरामद त भयो तर डकैतीको कथा भने मिथ्या भएको थाह लाग्यो। शनिबार प्रहरीले दुवैलाई हिरासतमा राखेर आईतबारदेखि घटनाको अनुसन्धान गर्दै जाँदा राईले श्रेष्ठलाई दिनुपर्ने रकम नदिन लुटपाट र डकैतीको कथा बुनेको तथ्य बाहिर आएको छ।
परिसर प्रमुख पिताम्बर अधिकारीका अनुसार राई र श्रेष्ठबीचको आर्थिक लेनदेनमा प्रहरीलाई दिउसै डकैती भएको गलत सुचना दिएकाले राईलाई कारवाहीका लागि थुनामा राखिएको बताए।
प्रहरीका अनुसार राई र श्रेष्ठ बिच गाडी किनबेच भएको र राईले श्रेष्ठलाई दिनुपर्ने रकम नदिई भाग्दै हिँडेकाले श्रेष्ठले बाटोमा भेटिएका राईको मोबाईल खोसेर हिँडेका रहेछन्। राईले भने यही घटनालाई आधार बनाएर श्रेष्ठबाट उम्किन डकैतीको कथा बुनेको प्रहरी अनुसन्धानबाट पुष्टि भयो।
प्रहरीले राईविरुद्ध झुक्याएको भन्दै कारवाही प्रकृया अगाडी बढाएको छ।
प्रकाशित: २० मंसिर २०७२ ००:०२ आइतबार





