२५ पुस २०८२ शुक्रबार
image/svg+xml
अन्य

ग्याँस सिलिण्डर लुटपाट गर्ने दुई जना समातिए

पर्सा- ग्याँस सिलिण्डर लुटपाट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। वीरगन्ज आदर्शनगर बस्ने ३५ वर्षीय उमेश पण्डित र रौतहट घर भइ आदर्शनगर बस्दै आएका २८ वर्षीय धर्वेन्द्र मिश्रलाई प्रहरीले पक्राउ गरेको हो।

भारत रक्सौलबाट ग्याँस भरेर ल्याउने क्रममा सर्वसाधारणको ग्यास उनीहरुले बिहीबार राति ठाकुराम क्याम्पस पछाडि लुटेका थिए।

घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले उनीहरुलाई लुटेको ग्याँस सिलिण्डरसहित पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: १८ मंसिर २०७२ ०१:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App