१९ पुस २०८२ शनिबार
image/svg+xml
अन्य

पत्रकारमाथि आक्रमण गर्ने जेल चलान

सुरुङ्गा (झापा)—जिल्ला अदालत झापाले पत्रकार रेजिना रोदन र पत्रकार महासङ्घ झापाका कार्यालय सचिव खेम बरालमाथि आक्रमणमा संलग्नलाई पाँच–पाँच वर्ष कैदको फैसला गरेको छ।न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासले आक्रमणमा संलग्न अमन भनिने अर्जुन सुब्बा र विनायक मानन्धरलाई पाँच–पाँच वर्षको कैद फैसला गरेको अदालतका स्रेस्तेदार नवराज आचार्यले जानकारी दिए।

पत्रकारद्वयमाथि आक्रमणमा संलग्न अनिस सुब्बालाई नाबालक रहेका कारण बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११ (३) अनुसार बाल सुधार केन्द्र विराटनगरमा २ वर्ष ६ महिना राखेर कैद भुक्तान गर्नसमेत फैसला गरेको स्रेस्तेदार आचार्यले बताए ।

विसं २०७१ कात्तिक २ गते विष्णुमाया गौतमको जाहेरीले जिल्ला अदालत झापामा दर्ता भएको उक्त मुद्दाका अभियुक्तहरुले अर्जुनधारा दैनिकमा कार्यरत पत्रकार रोदन र बराललाई कार्यालयको काम सम्पन्न गरेर घर फर्कने क्रममा बीच बाटोमा आक्रमण गरेर घाइते बनाएका थिए । रासस

प्रकाशित: १५ मंसिर २०७२ २२:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App