११ पुस २०८२ शुक्रबार
image/svg+xml
अन्य

विष सेवन गराएर आमाद्वारा छोराको हत्या

तुलसीपुर—आफ्नै छोरालाई विष सेवन गराएर हत्या गरेको अभियाेगमा इलाका प्रहरी कार्यालय तुलसीपुरले दाङ जिल्लाको पवननगर गाविस–७ खैरापुरकी २५ वर्षीया सुनिता भण्डारीलाई पक्राउ गरेको छ।आज बिहान आफ्नै तीन वर्षीय छोरा सुजल र छ वर्षीय छोरा सुजितलाई मामाघर जान लागेको भन्दै घरनजिकै रहेको नर्सरीमा लगेर विष सेवन गराएको स्थानीयले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए ।

विष सेवनबाट गम्भीर अवस्थामा रहेका ती दुई बालकलाई स्थानीयवासीको सहयोगमा राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचारका लागि ल्याइएकोमा अस्पताल ल्याएको केहीबेरमै अस्पतालले सुजललाई मृत घोषणा गरेको थियो भने सुजितको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ।

घटनाबारेमा प्रहरीले सोधपुछ गर्दा आमा सुनिताले आज बिहान घरमा देवर झग्गु भण्डारीसँग विवाद भएको र रीसको आवेगमा आएर गाउँमा रहेको एक एग्रोभेट सेन्टरबाट तोरीमा हाल्ने किटनासक औषधि ल्याएर छोराहरुलाई खुवाएको प्रहरीसामु बयान दिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख कृष्ण प्रसाइँले जानकारी दिए।

इलाका प्रहरी कार्यालय तुलसीपुरको टोलीले घटनास्थलमा पुगेर ट्राइजोपोस नामक तरकारीमा हाल्ने विषादीको डब्बा र केही मात्रा विषसमेत फेला पारेर ल्याएको उनले बताए। सुनिता घरमा दुई छोरा र देवरका साथ बस्दै आएकी र उनका श्रीमान अध्ययनको सिलसिलामा काठमाडौँमा छन् भने सासुससुरा भारतमा काम गरिरहेको बताइएको छ । रासस

प्रकाशित: १५ मंसिर २०७२ ०७:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App