महोत्तरी—लुटेराको एक समूहले महोत्तरीको बर्दिवासमा पेस्तोल देखाएर सुनको सिक्रीलगायतका सरसमान लुटपाट गरेको छ।गएराति बर्दिवास—जलेश्वर सडकखण्डअन्तर्गत बर्दिवास नगरपालिका–२ स्थित मसानघाटमा मोटरसाइकलमा आएका लुटेराको एक समूहले वलवा गाविस–५ का २२ वर्षीय रञ्जितकुमार यादवको साथबाट एक तोला सुन र ६ हजार बराबरको किरानाको समान लुटेर फरार भएका छन् ।
आइतबार साँझ ७ बजेको समयमा ज३प ४३४५ नम्बरको मोटरसाइकलमा चढी घरतर्फ गइरहेको समयमा एक्लै भएको मौका छोपी सो समूहले पेस्तोल देखाएर आफूसँग रहेको एक तोला सुन तथा किरानाका समान लुटिएको पीडित यादवले बताए। घटनाका बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ। रासस
प्रकाशित: १४ मंसिर २०७२ ०२:५३ सोमबार