काठमाडौं- अवैध विदेशी मुद्रासहित चार चिनियाँ नागरिक पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले माजियायो जुङ, सिक्वान लिउ, ओ पो, वाउ ल्युलाई अमेरिकी डलर, युएइको दिनार र चिनिया युआन गरी ७४ लाख ९५ हजार रुपैयाँसहित पक्राउ गरेको हो।पक्राउ परेका चारैजना चिनियाँ नागरिक ठँहिटीमा घर नै भाडामा लिएर बसेका थिए। उनीहरु अवैध विदेशी मुद्राको कारोबारमा संलग्न रहेको सूचनाको आधारमा प्रहरीले उनीहरुको डेरामा छापा मारेको थियो।
विदेशी मुद्रा फेला परेपछि प्रहरीले उनीहरूसँग सो रकमको स्रोतबारे जानकारी मागेको थियो तर प्रमाण देखाउन नसकेपछि आपराधिक गतिविधिबाट रकम आर्जन गरेको आरोपमा अनुसन्धान प्रक्रिया अगाडि बढाउन सम्पत्ति शुद्दीकरण विभागमा बुझाइएको ब्युरोले जानकारी दिएको छ।
प्रकाशित: १२ मंसिर २०७२ २०:४३ शनिबार