नागरिक सरकारका केही मन्त्रीहरूले चुनावी तयारी गरिरहेका बेला गृहमन्त्री ओमप्रकाश अर्यालले भने दुई महिनापछि कानुन व्यवसायमा फर्किने घोषणा गरेका छन्। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गृहमन्त्री अर्यालले यस्तो बताइका हुन्।
कानुन व्यवसाय गर्दा आफू मानव अधिकारका पक्षमा लडेको गृहमन्त्री अर्यालले दाबी गरे। उनले भने, ‘म पीडितका लागि न्याय खोजेर हिडेको मान्छु हुँ। मानव अधिकारकै क्षेत्रमा काम गरेको मान्छे हुँ। अहिले त्यही प्रयास गरिरहेको छु, भोलि पनि त्यही गर्छु।’ मानव अधिकारका पक्षमा लड्का आफू सडकमा रहेको र फेरि पनि सडकमै आएर नागरिक जस्तै पेशा गर्ने उनले बताए।
‘कानून व्यवसायमा पनि मानवअधिकार, सामाजिक न्याय, पीडितको न्यायका लागि लडेको मान्छे हो। म दण्डहिनताको पक्षमा छैन। मेरो बलबुताले भ्याएसम्म दण्डहिनता रहन दिन्न,’ गृहमन्त्री अर्यालले भने।
अहिलेको सरकारको दायित्व फागुन २१ को चुनाव नै रहेकाले त्यसैमा केन्द्रित भएर काम गरिरहेको उनले बताए। चुनाव सकिए लगत्तै आफू कानुन व्यवसायमै फर्किने उनले बताए।
प्रकाशित: २४ पुस २०८२ १४:२९ बिहीबार





