फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनअन्तर्गतको मत गणनामा इलाम क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका निश्चल राईले अग्रता कायमै गरेका छन्।
उनी आफ्ना निकटतम प्रतिस्पर्धी रहेका श्रम संस्कृति पार्टीका विनोद नेम्बाङ्ग लिम्बुभन्दा १२९ मतले अगाडि छन्।
राईले हालसम्म ११ हजार ५६५ मत ल्याएका छन् भने लिम्बुले ११ हजार ४३६ मत प्राप्त गरेका छन्।
यस्तै नेकपा एमालेका उम्मेदवार काजी मान कागते १० हजार ४४७ मतसहित तेस्रो स्थानमा छन्। भने राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गदाल ७ हजार ४५१ मतसहित चौथो स्थानमा छन्।
प्रकाशित: २५ फाल्गुन २०८२ ०८:३९ सोमबार





