२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

नयाँ वर्षको उत्सवमा गाजातर्फ गोली चलाउने इजरायली सैनिकलाई २० दिन जेल

नयाँ वर्ष (सन् २०२६) मनाउन गाजातर्फ गोली चलाएको भिडियो भाइरल भएपछि गोलानी ब्रिगेडका एक इजरायली सैनिकलाई २० दिनको जेल सजाय भएको छ।

इजरायली सेनाका अन्तर्राष्ट्रिय प्रवक्ता लेफ्टिनेन्ट कर्नल नादव शोशानीले यो घटनालाई अनुशासनहीनता मानेका छन्। सैनिकले प्रक्रिया विपरीत तथा अव्यवसायिक तरिकाले गोली चलाएको र आदेश पालना नगरेको सेनाले जनाएको छ।

भिडियोमा सैनिकले खुला क्षेत्रतर्फ (नागरिक घरहरूमा होइन) हल्का मेसिन गनबाट गोली चलाएको देखिन्छ। यो भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। 

यो घटनापछि सेनाले छानबिन गरी बुधबार जेल सो सजाय सुनाएको हो। उसले यो कार्य सेनाको मूल्य-मान्यता विपरीत भएको बताएको छ।

सेनाले सैनिक फेरि लडाइँमा फर्कन योग्य हुन्छन् कि हुँदैनन् भनेर विचार गर्ने जनाएको छ। एजेन्सी 

प्रकाशित: २४ पुस २०८२ १३:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App