२६ पुस २०८२ शनिबार
image/svg+xml
अन्य

सुन्धाराको लुम्बिनी पाहुना घरमा गोली चल्यो

काठमाडौं- राजधानीको सुन्धारास्थित लुम्बिनी पाहुना घरमा प्रहरीले दुई युवकलाई गोली हानेर नियन्त्रणमा लिएको छ। गेस्ट हाउसमा रहेका ती दुई युवकसँग हतियार रहेको सूचनापछि प्रहरीले नियन्त्रमा लिएको हो।


नियन्त्रणमा लिन पाहुना घर पुगेको महानगरी प्रहरी अपराध महाशाखाको टोलीले गोली प्रहार गरी उनीहरुलाई नियन्त्रणमा लिएको हो। प्रहरीको गोलीबाट एक जना घाइते भएका छन्। महाशाखा स्रोतका अनुसार उनीहरुबाट गोली लोड भएको चिनिया पेस्तोल बरामद भएको छ। घाइतेको खुट्टामा गोली लागेको स्रोतले बतायो।

महानगरी प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालका अनुसार घाइते हुनेमा छोटेलाल ठाकुर छन्। बारा निवासी ठाकुर नेपाल प्रहरीको भगौडा जवान हुन्। उनले प्रहरी संगठनबाट एसएलआर हतियारसहित जागिर छाडेर भागेका थिए।

प्रकाशित: १२ मंसिर २०७२ २१:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App