१९ पुस २०८२ शनिबार
image/svg+xml
अन्य

खेतमा दिसा गरेको निहुमा कुटाकुट हुँदा एकको मृत्यु

महोत्तरी-खेतमा दिसा गरेको विषयलाई लिएर भएको कुटाकुटमा महोत्तरीमा एक जनाको मृत्यु भएको छ । फुल्हटा प्रकौलि ७ बस्ने ५० वर्षीय बद्री महतो नुनिया र सोहि गाविस वडा नं. ८ बस्ने ६५ वर्षीय ईब्राहीम मंसुरी ,उनको बुहारी ३५ वर्षीय जैनुल खातुन बीच खेतमा दिसा गरेको विषयलाई लिएर भएको झगडा कुटाकुटमा परिणत हुँदा घाईते भएका मंसुरीको उपचारको क्रममा मृत्यु भएको छ ।

सोमबार महतोको खेतमा मंसुरीको वुहारी खातुन दिसा गर्न गए पछि दुई पक्षबीच झगडा भई कुटाकुट भएको थियो । कुटाकुटको क्रममा मंसुरी गंभीर घाईते भएकी थिइन्।

उनलाई भारत विहारको दरभंगाबाट उपचार गराएर ल्याइएपनि स्थित सुधार नभए पछि थप उपचारका लागि जलेश्वर अस्पतालमा भर्ना गरिएको थियो । जलेश्वर अपस्तालमा उपचारको क्रममा मंगलबार अवेर राती मंसुरीको निधन भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी विनोद सिल्बालले जानकारी दिए।

घटना पछि फरार महतोको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रकाशित: ८ मंसिर २०७२ २३:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App