११ पुस २०८२ शुक्रबार
image/svg+xml
अन्य

आमा र बहिनीलाई कोदालोले काटेर हत्या

गौर- रौतहटको धरमपुर-४ धनारी टोलमा आमा-छोरीको हत्या भएको छ। उनीहरुको हत्या उनकै जेठा छोरा नन्दकिशोरले गरेको प्रहरीले जनाएको छ। घर अगाडिको सडकमा बसिरहेका बेलामा २६ वर्षीय नन्दकिशोरले ४५ वर्षीया आमा रामकली देवी र १३ वर्षीया बहिनी अनिता कुमारीको कोदालोले काटेर हत्या गरेका हुन्। स्थानीयका अनुसार नन्दकिशोर मानसिक रोगी छन्।घटना भएलगत्तै फरार रहेका नन्दकिशोरको खोजीकार्य तीब्र पारिएको इलाका प्रहरी कार्यालय गुरुडाका प्रहरी निरीक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिए।

प्रकाशित: ६ मंसिर २०७२ ००:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App