यादवको साथबाट प्रहरीले इटालियन १११ अटोमेटिक पेस्तोल एक थान, त्यसमा लोड भएको म्याग्जिनमा केएफ ७.६५ लेखिएको एक राउण्ड गोली र एक थान मोबाइल सेट बरामद भएको उनले बताए।
यादवलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले हिरासतमा राखी हातहतियार तथा खरखजाना मुद्दा चलाउने तयारी गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । रासस
प्रकाशित: २ मंसिर २०७२ ०५:०३ बुधबार





-600x400.jpg)