२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

काठमाडौंको तापक्रम आज वर्षकै सबैभन्दा कम

काठमाडौंको तापक्रम आज यो वर्षकै सबैभन्दा कम मापन गरिएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौंको न्यूनतम तापक्रम ४.८ डिग्री रेकर्ड भएको छ।

यो तापक्रम वर्षकै सबैभन्दा कम हो। यसअघि यही पुस ८ गते काठमाडौंको न्यूनतम तापक्रम ४.९ डिग्री मापन भएको थियो। त्यसपछिको कम तापक्रम आज मापन भएको हो।

जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले तराई क्षेत्रमा हुस्सु, कुहिरो र शीतलहर कायम रहेको र हिमाली क्षेत्रमा केही ठाउँमा हिमपात रहेको बताए।

चिसो अझै बढ्ने अनुमान गरिएको छ। आज जुम्लाको तापक्रम माइनस ४.५ रहेको छ।

विभागले आज राति सार्वजनिक गरेको बुलेटिनमा पुस १६ गते तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो रहने तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहने जनाइएको छ। 

कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको पनि विभागले जनाएको छ।

यही पुस १७ गते पनि उस्तै अवस्था रहने भएकाले आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।

देशका तराई भू-भागमा हुस्सु/कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्ने देखिएको जनाइएको छ।

प्रकाशित: १५ पुस २०८२ २१:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App