सर्लाही-सर्लाहीको कर्मैयाबाट निजि कारमा ल्याउदै गरेको एक क्वीन्टल चाँदी ट्राफिक प्रहरीले पक्राउ गरेको छ । बा१२च ९४३३ नम्बरको निजी कारमा काठमाडौंबाट चार पोकामा हरिवन ल्याउदै गरेको एक क्वीन्टल चाँदी सोमबार मध्य राती चेक जाँचको क्रममा कर्मैया चेक पोष्टले पक्राउ गरेको जिल्ला ट्राफिक प्रहरी कार्यलय नवलपुर सर्लाहीले जनाएको छ ।
करिब ५७ लाख मुल्य बराबरको चाँदी कारमा राखेर आउदै गर्दा तीन जनालाई पक्राउ गरिएको हो । पक्राउ गरीएका तीनै जनालाई इलाका प्रहरी कार्यलय नवलपुरमा राखिएको छ । उनिहरुको साथबाट नगद दुई लाख नगद रुपैया समेत बरामद भएको छ । केहि बेरमा पत्रकार सम्मेलन गरी कारोवारीलाई सार्वजनिक गरिदै छ ।
प्रकाशित: १ मंसिर २०७२ ००:१८ मंगलबार