१५ पुस २०८२ मंगलबार
image/svg+xml
अन्य

मंसिरमा माउन्टेन बाइक महोत्सव

काठमाडौं- नेपालमा माउन्टेन बाइक खेलको विकास र विस्तार गर्ने उद्देश्यसाथ मंसिर ४ बाट ललितपुरको हात्तीवनमा जाइन्ट काठमाडौं माउन्टेक बाइक महोत्सव हुने भएको छ। नेपाल पर्यटन बोर्ड, फेन्टास्टिक होलिडे नेपाल र साइक्लिङ नेपालको संयुक्त आयोजनामा हुने महोत्सवमा क्रसकन्ट्री (प्रोफेसनल र ओपन)र डाउनहिल (प्रोफेसनल र ओपन) विधामा प्रतिस्पर्धा हुनेछ।तीनदिने महोत्सवमा विदेशी प्रतिस्पर्धीको पनि सहभागिता हुने आयोजकले जनाएको छ। विजेतालाई नगद र उपहार गरी करिब ८ लाख बराबरको पुरस्कार प्रदान गरिनेछ।

नेपालमा हिमाल र टे्रकिङ बाहेक माउन्टेन बाइकको पनि प्रचुर सम्भावना रहेकाको प्रचारका लागि प्रतियोगिताआयोजना गर्न लागिएको नेपाल पर्यटन बोर्डका आफरिङ डाइरेक्टर सुनील शर्माले बताए। उनले यस प्रतियोगितालाई निरन्तरता दिँदै वार्षिक कार्यक्रममा समावेश गर्ने जानकारी दिए।

त्यस्तै लाइफ साइकल नेपालका निराकार याकथुम्बाले नेपालमा वैशाखमा गएको भूकम्प र वर्तमान परिस्थितिका बाबजुद पनि नेपाल सामान्य रूपमा अघि बढिरहेको सन्देश प्रवाह गर्न महोत्सवले सकारात्मक भूमिका खेल्ने बताए। उनले माउन्टेन बाइकका लागि नेपाल उत्कृष्ट गन्तव्य रहेको बताए।

फेन्टास्टिक होलिडेका सन्तोष रञ्जितकारले माउन्टेन बाइकका लागि नेपाल प्राकृतिक रूपमै धनी भएको बताउँदै पछिल्लो ५ वर्षमा यसको संख्या बढिरहेको जानकारी दिए। साइक्लिङ नेपालका उपाध्यक्ष उपेन्द्र रानाले प्रतियोगिता हुन लागेको ट्र्याक एसियाकै उत्कृष्ट ट्र्याक भएको जनाए। नेपालमा छोटो दुरीमा पनि फरक विविधता पाउन सकिने भएकाले राम्रो सम्भावना रहेको जनाउँदै उनले विकासका लागि निजी क्षेत्र र सरकारको समन्वय गरेर अघि बढ्नुपर्ने बताए।

महोत्सवमा माउन्टेन बाइक प्रतियोगिता बाहेक योगा कक्ष र सांगीतिक कार्यक्रम पनि हुनेछ।

प्रकाशित: २० कार्तिक २०७२ २०:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App