काठमाडौं—ग्यास अभाव भइरहेको बेला विद्युतीय चुल्होको कालाबजारी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा खटिएको महानगरीय प्रहरी वृत्त जनसेवाको टोलीले विनायक इम्पोरियलका सञ्चालक ३८ वर्षीय दिनेशकुमार दाहाललाई पक्राउ गरेको हो।
दाहालले १ हजार ५ सय रुपैयाँ पर्ने चुल्होलाई ८ हजार रुपैयाँ बिक्री गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो। प्रहरीले दाहालको साथबाट एक थान विद्युतीय चुल्हो, भाडा एक सेट तथा बिक्री गरेको नगद ८ हजार रुपैयाँ लेखिएको रसिद समेत बरामद गरेको छ।भारतीय नाकाबन्दीका कारण ग्यास अभाव भएपछि विद्युतीय चुल्होको माग बढेको अवस्थामा कालाबजारी प्रयास भएको हो।
प्रकाशित: १६ कार्तिक २०७२ ०८:०७ सोमबार





