११ पुस २०८२ शुक्रबार
image/svg+xml
अन्य

जबरजस्ती करणी अभियोगमा ३ पक्राउ

काठमाडौं– बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा प्रहरीले काभ्रेपलाञ्चोक जिल्ला चलालगणेशस्थान–१ तार्थली भन्ज्याङ बस्ने ७७ वर्षीय कृष्णबहादुर नगरकोटीलाई पक्राउ गरेको छ ।नगरकोटीले बिहीबार सोही ठाउँ बस्ने १३ वर्षीया बालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

त्यस्तै, आफ्नै दिदिलाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिका–१३ बस्ने २० वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय ल कलेज नजिक २२ वर्षीया दिदीलाई बिहीबार जबरजस्ती करणी गरेको भनी पीडितले महानगरीय प्रहरी बृत्त ठिमीमा निवेदन दिएपछि प्रहरीले पक्राउ गरेको जनाएको छ ।

यसैगरी आप्mनै १० वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर सूर्यविनायक नगरपालिका–९ भातेढिकुरस्थित हनुमान इँटाभट्टामा काम गर्ने दाङ तुल्सीपुर नगरपालिका–३ का ४६ वर्षीय एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । उनले बिहीबार छोरीलाई जबरजस्ती करणी गरेको भनी पीडित बालिकाकी आमाले महानगरीय प्रहरी बृत्त जगातीमा निवेदन दिएपछि प्रहरीले पक्राउ गरेको जनाएको छ । घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित: १३ कार्तिक २०७२ ०५:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App