११ पुस २०८२ शुक्रबार
image/svg+xml
अन्य

मोर्चाद्वारा २ मोटरसाइकल र १ ट्रयाक्टरमा आगजनी

काठमाडौं– महोत्तरीको श्रीपुर बैरिया बस्ने विजय साहले ज. २ प ३१४९ नम्बरको मोटरसाइकलमा भारतबाट ल्याउँदै गरेको २ सय लिटर पेट्रोल पोखेर उनको मोटरसाइकलमा मधेसी मोर्चाका कार्यकर्ताले आगजनी गरेका छन्।आगजनीबाट उनको मोटरसाइकल पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ। शुक्रबार सोन्वा–१ बजारमा संयुक्त मधेशी मोर्चाका कार्यकर्ताले मोटरसाइकलमा नियन्त्रणमा लिइ आगजनी गरेका थिए।

यसैगरी सर्लाहीको गौरीशंकर–४ सतखोरिया जंगलमा शुक्रबार ज.१ त ६१८५ नम्बरको ट्याक्टर आगजनीबाट पूर्णरुपमा क्षति भएको अवस्थामा फेला परेको छ । ट्याक्टरभित्र प्लाष्टिकको ड्रममा डिजेल र पेट्रोल बोकेर ल्याएकोले मोर्चाको कार्यकर्ताले जनाएको हुन सक्ने प्रहरीको आशंका छ । त्यस्तै, सर्लाहीकै गौरीशंकर–८ स्थित तराई मधेश सदभावना पार्टीका कार्यकर्ताले भारतबाट इन्धन लिएर आएको भन्दै विआर ३० आर ६८२२ नम्बरको मोटसाइकलमा बिहीबार आगजनी गर्दा पूर्णरुपमा क्षति भएको छ ।

उता सुनसरीको दुहबी–७ स्थित कोशी राजमार्गमा ईटहरीबाट बिराटनगरतर्फ जाँदै गरेको बा.८ च ९२५० नम्बरको मकालु टेलिभिजनको गाडीलाई लुकीछिपी बसेका मधेशी मोर्चाका कार्यकर्ताले बिहीबार ढुंगा प्रहार गरी बायाँ साइडको शिशा फुटाई क्षति पुर्‍याएका छन् । फरार आगजनी गर्नेहरुको प्रहरीले खोजी गर्नुकासाथै आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित: १३ कार्तिक २०७२ ०५:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App