१५ पुस २०८२ मंगलबार
image/svg+xml
अन्य

चीनले अनुदान दिएकाे पेट्राेल पहिलाे खेपमा १ लाख २ हजार लिटर अाउने

काठमाडौं—चीनले अनुदानस्वरुप उपलब्ध गराउने पेट्राेल पहिलाे लटमा १ लाख २ हजार लिटर नेपाल भित्रिने भएकाे छ। नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घका महासचिव विश्वप्रसाद अर्यालका अनुसार १२ वटा ट्याङ्करले पहिलो लटमा एक लाख दुई हजार लिटर तेल ल्याउनेछन्। त्याे साेमबारसम्म काठमाडाैं अाइपुग्नेछ।

अनुदानकाे पेट्रोल नेपाललाइ हस्तान्तरण गर्ने कार्यक्रममा भाग लिन काठमाडाैं स्थित चिनियाँ दूतावासकाे एक टाेली शुक्रबार केरूङ जाँदैछ। दूतावासबाट शुक्रबार एक टाेली केरूङ जान लागेको स्राेतले बतायाे। चीनले नेपाललाई अनुदानमा उपलब्ध गराउन लागेको एक हजार टन (१३ लाख लिटर) पेट्रोलको पहिलो 'लट' शानिबार नेपाललाइ हस्तान्तरण गर्ने कार्यक्रम रहेकाे छ।

तेल लिनका लागि काठमाडाैंबाट नेपाल अायल निगमले १२ वटा पेट्राेल ट्यांकर केरूङतर्फ पठाइसकेकाे छ। पहिलाे खेपकाे पेट्रोल लिन हिँडेका ट्याङ्करहरू सबै १२ हजार लिटर क्षमताका छन्। तिनले सुरूमा १ लाख २ हजार लिटर तेल काठमाडाैं ल्याउने विश्वप्रसाद अर्यालले जनाए। शानिबार नै नेपाली ट्याङ्कर लोड हुनेछन् ।

ल्हासास्थित महावाणिज्य दूत हरि बस्यालका अनुसार चीन सरकारबाट उपलब्ध गराउन लागिएको पेट्रोल जतिसक्दो चाँडो नेपाल पठाउन आग्रह गरेअनुसार चिनियाँ पक्षले काम गरिरहेकाे छ।

भारतको अघोषित नाकाबन्दीका कारण चर्को इन्धन सङ्कट भएपछि विकल्पका रुपमा सरकारले चीनबाट आयात गर्न लागेको हो। नेपाल आयल निगम र पेट्रो चाइनाबीच चीनबाट इन्धन आयात गर्ने औपचारिक सहमति भएपछि इन्डियन आयल कर्पोरेसन (आइओसी)सँगको एकलौटी व्यापारको विकल्प पाएको हो। 

महासचिव अर्यालले तेल सोमबारसम्म काठमाडौँ आइपुग्ने बताए। शुक्रबार निगमका अधिकारी, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घका अध्यक्ष खगेश्वर बोहरा र महासचिव अर्याल, नेपाल पेट्रोलिय डिलर्स एसोसिएसनका अध्यक्ष लीलेन्द्र प्रधानसमेत त्यसतर्फ जाने छन्।

प्रकाशित: १२ कार्तिक २०७२ २२:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App