१५ पुस २०८२ मंगलबार
image/svg+xml
अन्य

राष्ट्रपति चयनका लागि संसदमा मतदान जारी

काठमाडौं–गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति चुन्न व्यवस्थापिका संसदमा मदातान जारी छ। राष्ट्रपति निर्वाचनको लागि सांसदहरु गोप्य मतदानमा सहभागी भइरहेका छन्।

प्रधानमन्त्री केपी अाेलीले मतदान गरिसकेका छन् भने एमालेकातर्फबाट राष्ट्रपतिका उम्मेद्वार विद्या भन्डारीले पनि मदतान गरेकी छिन्। मतदान दुइ बजेसम्म चल्ने संसद सचिवालयले जनाएकाे छ।व्यवस्थापिका संसदमा कुल ५ सय ९६ सांसद रहेका छन्। ती मध्ये मधेसी मोर्चासहित आठ दलले राष्ट्रपति निर्वाचन बहिष्कार गरेका छन्। राष्ट्रपतिमा नेपाली कांग्रेसका कुलबहादुर गुरुङ र एमाले नेतृ विद्या भण्डारी चुनावी मैदानमा छन्।

प्रकाशित: १० कार्तिक २०७२ २३:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App