काठमाडौं—त्रिवि शिक्षण अस्पताल महाराजगन्जको दुई तलामाथिबाट हाम फालेर घाइते भएका काठमाडौं बौद्ध महांकाल डेरा गरी बस्ने सिन्धुपाल्चोक लिसङ्खु–७ का ३२ वर्षीय मानबहादुर तामाङको सोही अस्पतालमा उपचारको क्रममा शनिबार मृत्यु भएको छ।तामाङलाई काठमाडौँ महानगरपालिका–६ बौद्ध महाँकालकी चिनिमायाँ गुरुङले बिरामी कुर्न शुक्रबार ज्याला दिएर अस्पताल पठाएको बुझिएको छ। तामाङले के कारणले आत्महत्या गरे भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मृत अवस्थामा फेला
महालक्ष्मी नगरपालिका–९ टिकाथली डेरा गरी बस्ने रामेछापकी ३५ वर्षीया मिना तामाङ शनिबार मृत अवस्थामा फेला परेकी छन् ।
भीरबाट खसेर मृत्यु
हेटौंडा उपमहानगरपालिका–१९ तिनतले बस्ने ४० वर्षीय रामबहादुर थिङ स्थानीय शक्तिखोलास्थित तीनतले भिरबाट लड्दा शनिबार मृत्यु भएको छ। रासस
प्रकाशित: ७ कार्तिक २०७२ ०९:३९ शनिबार