गिरिराज केसी नेतृत्वको स्वतन्त्र वाम समूह नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको छ। काठमाडौंमा आज आयोजित एक कार्यक्रममा उनीहरू नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका हुन्।
काठमाडौंमा आयोजित स्वागत कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल तथा पार्टी नेता नारायणकाजी श्रेष्ठले खादामाला लगाएर स्वागत गरे।
समाहित हुनेहरूमा गिरिराज केसी (एमालेबाट प्रदेश सभाका उम्मेदवार), ध्रुव आचार्य, कालुराम चौधरी, दुर्गादत्त शर्मा, दामोदर अधिकारी (पूर्व मेयर, घोराही नगरपालिका), आर. डी. यादव, पिताम्बर आचार्य लगायतका छन्।
स्वतन्त्र वाम समूहमार्फत दाङ लगायतका विभिन्न जिल्लामा क्रियाशील अन्य नेतालाई काठमाडौंमा तथा बाँकी कार्यकर्तालाई जिल्लामा आयोजित कार्यक्रम मार्फत स्वागत गरिने छ।
प्रकाशित: २५ पुस २०८२ १३:३९ शुक्रबार





