१९ पुस २०८२ शनिबार
image/svg+xml
अन्य

पल्सर मोटरसाइकल चोरेर भाग्दै गरेका दुईजना पक्राउ

काठमाडौं— घर भित्र पार्किङ गरी राखेको मोटरसाइकल चोरी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा काठमाडौँ चुच्चेपाटी बस्ने २७ बर्षीय दिनेश अछामी र १७ बर्षीय सुमन गुरुङ रहेका छन्।बुढानिलकण्ठ नगरपालिका कपन बस्ने २० बर्षीय सुसान्त तामाङको घर भित्र पार्किङ गरेको बा.३२ प ५४५४ नम्वरको पल्सर मोटरसाइकल चोरेर गरी भाग्ने क्रममा उनीहरुलाई प्रहरीले शनिबार बुढानिलकण्ठ नगरपालिका–१२ निलो पुल नजिकबाट पक्राउ गरेको हो।

प्रकाशित: १ कार्तिक २०७२ ०१:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App