सिन्धुली– करेन्ट लगाई माछा मार्दै गरेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। यहाँको कमलामाई नगरपालिका–४ स्थित रानीखोलामा व्याट्रीबाट करेन्ट लगाई माछा मारिरहेको अवस्थामा प्रहरीले उनीहरुलार्इ पक्राउ गरेकाे हाे।
पक्राउ पर्नेमा कनपा–६ का सन्तोष बुढाथोकी, कनपा–४ का टंक भुजेल, राहुल भुजेल, शरदलाल खड्गी, श्यामकुमार नेपाली र पवन खड्का रहेकाे प्रहरी इन्स्पेक्टर राजेन्द्र थापाले जानकारी दिए । उनका अनुसार पक्राउ परेका ६ जनालाई संरक्षण ऐन २०१७ अन्तर्गत कारवाही हुने छ।
प्रकाशित: २२ आश्विन २०७२ ०७:०८ शुक्रबार





