शव परीक्षण र घटनास्थल मुचुल्काका लागि जिल्ला प्रहरी कार्यालय राति टोली जान समस्या भएपछि बिहान प्रहरी नायब निरीक्षक दिनेश अधिकारी नेतृत्वको टोली घटनास्थल पुगेको छ। शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ।
मृतकका श्रीमान् ताराबहादुर याखा वैदेशिक रोजगारीका क्रममा मलेसियामा छन्। घरमा पाँच वर्षीया छोरी छन्। श्रीमान् विदेश गएपछि घरमा देवर भाउजू र छोरी बस्दै आएका थिए। देवरले भाउजूको हत्या गर्नुको कारण भने खुल्न नसकेको र घटनाको विषयमा अनुसन्धान भइरहेको धनकुटाका प्रहरी प्रवक्ता विमल बस्नेतले जानकारी दिए। रासस
प्रकाशित: १३ आश्विन २०७२ २१:५२ बुधबार





-600x400.jpg)