१३ पुस २०८२ आइतबार
image/svg+xml
अन्य

फेसबुकबाट पेट्रोल कालोबजारी गर्न खोज्ने पक्राउ

काठमाडौं– आफ्नो फेसबुक भित्तोमा पेट्रोल बिक्रीको विज्ञापन गरी कालोबजारी गर्न खोज्ने व्यक्ति पक्राउ परेका छन्। दाङ भालुबाङ बस्ने अख्तर अलीलाई प्रहरीले दाङबाट मंगलबार पक्राउ गरेको हो।


सामाजिक संजालमा 'पेट्रोल १ सय ६५ रुपैयाँ प्रतिलिटर(वन्ली सिरियस बाइअर्स इन्बक्स मि)' भन्ने लेखेर पोष्ट गरीकालोबजारी गरेकोले उनीमाथि कारवाहीको माग गर्दै उजुरी परेपछि प्रहरीले पक्राउ गरेको जनाएको छ।

नेपाल प्रहरीको 'हाम्रो पुलिस' एपमा परेको उजुरीमाथि महानगरीय अपराध महाशाखा टेकु काठमाडौंले अनुसन्धान गर्दै जाँदा फेसबुक पेजमा अख्तर अली भन्ने व्यक्तिको नामको प्रोफाइलबाट उक्त पोष्ट गरी कालोबजारी गर्न खोजेको पाइएकोले ईलाका प्रहरी कार्यालय भालुबाङ दाङले उनलाई पक्रिएको प्रहरीले जनाएको छ । 

यस सम्बन्धमा प्रहरीबाट आवश्यक कानुनी कारवाही भइरहेको बताइएको छ ।

प्रकाशित: १२ आश्विन २०७२ ०७:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App