२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पाकिस्तानका राष्ट्रपतिको भारतलाई स्पष्ट चेतावनी : हामी अर्को युद्धका लागि पनि तयार छौँ

फाइल तस्बिर

पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले भारतलाई युद्धका लागि तयार रहेको भन्दै चेतावनी दिएका छन्। 

शनिबार पूर्वप्रधानमन्त्री बेनजीर भुट्टोको १८औँ पुण्यतिथिको अवसरमा गढी खुदा बख्शमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन्।

सो अवसरमा उनले गत मे महिनामा भएको भारत–पाकिस्तान द्वन्द्वबारे बोलेका थिए। उनले पाकिस्तानी सेनाले भारतसँग आँखामा आँखा जुधाएर जवाफ दिएर युद्ध ‘बच्चाको खेल’ नभएको प्रमाणित गरेको उल्लेख गरेका थिए। 

राष्ट्रपति जरदारीले द्वन्द्वका बेला बंकरमा जान सल्लाह दिइए पनि अस्वीकार गरेको स्मरण गराए। उनले भने, ‘नेताहरू बंकरमा मर्दैनन्, युद्धभूमिमा मर्छन्।’ उनले पाकिस्तान युद्ध नचाहने तर कुनै आक्रमण भए पूर्ण शक्तिका साथ जवाफ दिन तयार रहेको स्पष्ट सन्देश भारतलाई दिएका छन्। उनले कुनै पनि त्याग गर्न तयार रहेको स्पष्ट पारे।

सोही सभामा पाकिस्तान पिपुल्स पार्टीका अध्यक्ष बिलावल भुट्टो जरदारीले मे द्वन्द्वमा पाकिस्तानले भारतमाथि विजय भएको दाबी गर्दै त्यसलाई राष्ट्रिय उपलब्धि बताए। 

उनले फील्ड मार्शल आसिम मुनीरको प्रशंसा गर्दै भने, ‘मुनीरको नाम सुन्नासाथ मोदी लुक्छन् र अब विदेशमा पाकिस्तानबारे बोल्दैनन्।’ बिलावलले पूर्वप्रधानमन्त्री जुल्फीकार अली भुट्टोले आणविक शक्ति बनाएको कुरा पनि सुनाएका थिए। एजेन्सीको सहयोगमा 

प्रकाशित: १३ पुस २०८२ १०:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App