३ माघ २०८२ शनिबार
image/svg+xml
अन्य

पुस्तकमा प्रचण्डपथ

काठमाडौं– एकीकृत नेकपा माओवादीका स्थायी समिति सदस्य तथा पूर्वमन्त्री गोपाल किरातीको पुस्तक 'प्रचण्डपथको विजय' मंगलबार राजधानीमा सार्वजनिक भएको छ।पूर्व प्रधानमन्त्री एवं एनेकपा माओवादी अध्यक्ष प्रचण्ड र भारतीय वामपन्थी पत्रकार आनन्द स्वरुप बर्माले संयुक्त रूपमा पुस्तकको विमोचन गरेका थिए । विमोचनपछि बोल्दै प्रचण्डले भने, 'हामीले अहिले प्रचण्डपथलाई ड्रप गरेका छौं । यो म आफंैले गरेको हुँ । विश्व कम्युनिस्ट आन्दोलनकै इतिहासमा आफ्नो नामसँग जोडिएको विचार शंस्लेषण ड्रप गरिएको यो पहिलो घटना हो ।'

संविधानपछि छिमेकी राष्ट्र भारतले देखाएको व्यवहारको कठोर आलोचना गर्दै प्रचण्डले आफूहरूले कसैको विरोधमा संविधान नबनाएको बताए । 'हामीलाई बलजफ्ती कसैले झुक्याउन चाहन्छ भने त्यसको विरुद्धमा हामी जे गर्न पनि तयार छौं,' संविधानपछिको भारतीय नेतृत्वको असन्तुष्टिप्रति संकेत गर्दै उनले भने, 'राजनीतिक रूपले हामी आफ्नोबारे आफंै निर्णय गर्न सक्छौं ।'

राजा ज्ञानेन्द्रलाई गद्दीबाट खसालिएको दिनदेखि नै प्रचण्डपथको विजय भएको दाबी गर्दै पत्रकार बर्माले तराईमा भइरहेको आन्दोलन सम्बोधन गर्न नेतृत्व तहलाई आग्रह गरे । संविधान जारीपछि सीमावर्ती तराईमा भारतले देखाएको व्यवहारप्रति कडा टिप्पणी गर्दै उनले भने, 'मेरो देश भारतले छिमेकी राष्ट्र नेपालप्रति देखाइरहेको यो व्यवहार दादागिरी हो । यो अधिकार भारतलाई कसले दियो ?'

लेखक किरातीले इतिहासको मूल्यांकन र दस्तावेजका लागि प्रचण्डलाई केन्द्रमा राखेर पुस्तक तयार पारेको बताएका थिए । सुम्निमा हल कोटेश्वरमा आयोजित कार्यक्रममा बोल्दै उनले भने, 'भविष्यमा 'प्रचण्डपथ' चाहिन्छ÷चाहिँदैन भन्ने होइन तर प्रचण्डले बनाएको इतिहासको मूल्यांकन गरिनुपर्छ भन्नेमात्रै हो ।' पुस्तकलाई चिन्डो बुक्सले प्रकाशन गरेको हो ।

प्रकाशित: ७ आश्विन २०७२ ०१:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App