विश्व नम्बर एक जोकोभिचले विश्व वरीयताको दोस्रो स्थानमा रहेका स्विस फेडेररलाई ६–४, ५–७,६–४, ६–४ को सेटले हराउँदै वर्षमा तेस्रो ग्रान्ड स्लाम उपाधि हात पारे। त्यसले१७औं पटक ग्रान्ड स्लाम उपाधि जितेर कीर्तिमान बनाएका फेडेरेरको थप उपाधि जित्ने लक्ष्यमा धक्का लाग्यो।
'हामीले दोहोरो अंक प्राप्त गरेका छौं। आफ्नो करिअरमा धेरै ग्रान्ड स्लाम जित्ने महान खेलाडी समूहको एक हिस्सा बन्न पाउँदा खुसी छु,''जोकोभिचले भने, 'उनीहरूसँगै जोडिन पाउनु साँच्चिकै एक विशेष कुरा हो।'
टेनिसमा इतिहासमा सर्वाधिक उपाधि जित्नेमा संयुक्त दोस्रो स्थानमा रहेकास्पेनका राफेल नाडाल र अमेरिकाका पिट साम्प्राजले समान १४, रोय इमर्सनले १२ र रोड लेभर र बियोर्न बर्गपछि जोकोभिचले ११औं उपाधि जित्ने लक्ष्यमा पुग्दैछन्। 'म २८ वर्षको भएँ। मैले सधँै आफ्नो शरीरलाई मनैदेखि हेरविचार गर्छु', उनले भने, 'म यही जीवन शैलीलाई निरन्तरता दिनेछु। आशा छ, यही प्रकारको दृष्टिकोणले दीर्घायु बनाउने छ। म सँग धेरै वर्ष छन्। ती उपाधि जित्नधेरै अवसर पनि छ।'
वर्षमा तीन ग्रान्ड स्लाम उपाधि दोस्रोपटक जित्न जोकोभिचलाई कठिन थियो। तर,उनलेत्यो कठिनाइपार गर्दै सफलता हासिल गरे। जोकोभिचले सन् २०११ को सिजनमा अहिले जस्तै युएससँगै अस्टे्रलियन ओपन र विम्बल्डनको उपाधि जितेका थिए। 'पक्कै पनि केही कुरा दोहोर्यािउन कठिन हुन्छ। त्यो पहिलोपल्ट मैले गरँे,' जोकोभिचले भने, 'म फरक खेलाडी हुँ। २०११ को भन्दा अहिले फरक भएको छु। एक बुबा र श्रीमानका रूपमा जीवनमा मैले फरक अनुभव हासिल गरेको छु। टेनिसमा यो पूर्ण रूपमा फरक दृष्टिकोण हो।'
उनले थपे, '२०११ को तुलनामा मैले धेरै अनुभव बटुलेको छु। खेलाडीकारूपमा मैले धेरै प्राप्त गरेको छु। शारीरिक र मानसिक रूपमा धेरै अनुभव बटुलेको छु।'
जोकोभिचले २०११ पछि दोस्रोपल्ट युएस ओपनको उपाधि जितेका हुन्। तर, चारपल्ट च्याम्पियनसिपको फाइनल पुगेर उनी उपाधि जित्न असफल भए। जोकोभिच २००७ को फाइनलमा फेडेरर, २०१० र २०१३ मा नाडाल र २०१२ मा बेलायतका एन्डी मरेसँग पराजित भएका थिए। ती असफलताबाट सिकेको पाठलेजोकोभिचलाई आइतबार वर्षाका कारण तीन घन्टा ढिला सुरु भएको फाइनल जित्न सहयोगी बन्यो। 'मलाई लाग्छ सुरुआती अवस्थाले मलाई कठिनाइहरू बुझ्न सहयोग गर्योर। त्यो ती कठिनाइ हटाउन एउटा बाटो देखाउने काम गर्योु,' उनले भने, ' साँच्चिकै म किन फाइनलमा यहाँ असफल भइरहेको छु भन्ने कारण पत्ता लगाउन सकेको थिइनँ। फाइनलमा असफल भइरहेको परम्पराभंग गर्न पाउँदै म गर्व महसुस गरिरहेको छु। आशा छ, अन्य थुप्रै उपाधि जित्न यो सहयोगी बन्न सक्छ।'
फाइनलको क्रममा कोर्टमा लडे पनि शरीरमा ठूलो इन्जुरी नदेखिएको उनले बताए। 'म लडँे र यसले मलाई चोट लाग्यो। तर, भाग्यवश त्यो मुख्य इन्जुरी थिएन', जोकोभिचले भने, 'शरीरको धेरै जस्तो भागमा कोतरिएको छ। ती सबै सामान्य थिए। मेरो कुनै भाग मर्किएन। त्यसले कुनै चोट बेहोर्नुपरेन।'
जुनमा सम्पन्न फ्रेन्च ओपनफाइनलमा स्विट्जरल्यान्डका स्टान वावरिन्कासँग पराजित नभएको भए जोकोभिचको यो वर्ष थप विशेष बन्ने थियो। 'यो अविश्वसनीय सिजन भयो। यो वर्ष महान सफलता हासिल गरेको अनुभव गर्न पाउँदा भाग्यमानी ठान्दछु,' उनले थपे, 'चारमा मैले तीन उपाधि जितेँ। यो विजय चिन्नमा बसिरहँदा हो मसंग धेरै उच्च आशा र महŒवकांक्षा छन्। मैले यहाँ जुन प्राप्त गरेँ, त्यसबाट पक्कै पनि म सन्तुष्ट र गर्व गर्छु। आजको रातलाई पक्कै पनि मैले लामो समय सम्भि्करहने रात हुनेछ।'
महिलातर्फको उपाधि इटालीका फ्लाभिया पेनेट्टाले जितेकी थिइन्। ३३ वर्षीया पेनेट्टाको पहिलो ग्रान्ड स्लाम उपाधि हो। युएस ओपन जितेसँगै उनले संन्यास घोषणा गरेकी छन्।
प्रकाशित: २८ भाद्र २०७२ २०:०१ सोमबार





