उनको पिठ्यूमा गोली लागेको देखिएको छ एसपी साहले भने,'जिल्ला अस्पताल सिरहामा प्राथमिक उपचार पछि थप उपचारका लागि धरान पठाईएको छ।'
भारतीय सहर जयनगरबाट सामान लिएर घर आईरहेका यादवलाई मखनाहा स्थित लचका(ओरालो) नजिक दुईजनाको समूहले रोकेको थियो। यादवले मोटरसाईकल रोकेपछि उनीमाथि सो समूहले चार राउण्ड गोली प्रहार गरेको थियो।
गोली प्रहार गरेपछि आक्रमणकारी पूर्व दक्षीण तर्फ खोतैखेत भागेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै साहले बताए।
खेतमा धान रोपिरहेका किसानले रोक्न खोज्दा पेस्तोल ताक्दै ती समूह भागेका थिए। घाईते यादवले वयान गरेको हुलियाको आधारमा घटनामा संलग्नको खोजी तिब्र पारिएको एसपी साहले बताए।
प्रकाशित: १४ भाद्र २०७२ ०४:२६ सोमबार





