७ माघ २०८२ बुधबार
image/svg+xml
अन्य

कविताको भोक

कविताको आँखीझ्यालमा आफूलाई लगेर टाँस्ने हो भने हामी बाँचिरहेको पृथ्वीको खण्डमा एकथरी सपना घोलेर पिइरहेका छन्। निरर्थक हल्लाबीच आफ्नो अस्तित्वका लागि नाकको उचाइ देखाउने धमिलो उत्कट उत्कण्ठाका साथ अर्कोथरी लागिरहेका छन्।स्वतन्त्रताको नारा फलाकेर आफैंलाई आफैंद्वारा बारिएको स्व–समाजमा आफ्नो वक्रदृष्टि सबैभन्दा तिख्खर देखाएर हा"सिरहेकाहरूलाई पनि देख्न पाउँछौ। त्यही सेरोफेरोमा दुब्लो सिर्जनाका सर्जक भएर पनि दार्शनिक चेत र दुरद्रष्टाको आत्मरतिबीच सबैको अन्तर खित्काको पात्र बनेको पत्तो नै नपाई आफैंभित्र अल्भि्करहनेहरू पनि छन्। समयको प्रतिनिधि भएको घोषणा आफैंले आफ्नैहरूमाझ गर्न आफू ठूलो हुन झुन्ड र गुटमा सभ्यता अप्रिय प्रदर्शनहरूको समीपमा जानुपर्ने रहर उमारेर, समयले प्रदान गरिरहेको सरलताबीच निर्लज्ज रंगमञ्चमा उभिएको पात्रजस्तो भएर सलबलाइरहने पनि छन्। उनीहरूकै मुखुण्डो लगाएर हाम्रै ठाउँमा हामीजस्तै लाग्ने मूकदर्शकहरूको ठूलो भिड समय–समय लाग्ने गरेको पनि हामी देख्न पाउ"छौं।

सन्दर्भ, कविताको भोक र कवितासँगको गणितहीन प्रेमको हो। कविताको सामर्थ्य, प्रभाव र क्षितिजको सम्बोधनप्रिय कुरालाई कुनै बाँध र साँधमा थुन्नै सकिँदैन। कविताको व्याप्तिको जति नै कुरा गरे पनि सकिँदैन भन्ने बिर्सेर गरिएका पक्षपाती कुरामा असहमति हुँदाहुँदै पनि त्यसको प्रतिउत्तर समकालीन लेखकहरूमा भएको पाइँदैन। कहीँ कतै असहमतका साधारण कानेखुसीहरू हुन्छन्, ती फगत कानेखुसीहरू मात्र हुन्छन्। भुइँभरि–भरि पोखिन्छन् र चर्को घाम लागेको बेला सुकेको पानीको अवशेषजस्तै हुन्छन्। सक्नेले दागसम्म फेला पार्ला नत्र सम्झनाभित्र कैद सम्झन नसकिएको सपनाजस्तै निदमै हराउ"छन्। हाम्रो देशको पीडा र परिवेश यसै सन्दर्भसँग जोडेर हामी आफैंले आफैंलाई केन्द्रबिन्दु बनाएर हेरे पुग्छ।

सन्दर्भ कविताको सिर्जनशील भोककै हो। विखण्डित, विक्षिप्त, विदीर्ण र पर–प्रगतिमा हाँस्न बिर्सेका पुराना ओठहरूका कथा अब बिस्तारै कविताले भोकको सापेक्षमा राखेर लेख्न खोजिरहेको छ। प्रक्रिया समय–सन्दर्भ भएन भनेर कस्न खोजिरहेको छ। पुरानो गन्हाएको कोटको खल्ती, ओहोरदोहोर गर्न मुसाले बनाएको झुराझुरा दुला र ब्याजे कविताका आत्म नेपथ्यलाई अब समयले बिस्तारै नंग्याएर बाहिर ल्याउन खोजेझैं भएको छ। कतिपय त कमजोर बुनाइका कारण आफैं सुकेर नांगिएको वृक्षझैं देख्न पनि पाइन्छ। कतिपय अनुहार झुन्डमा लहरा बनेर दुब्लोलाई मोटाएको हल्ला पिटाएर आत्मश्लाघामा चुपचाप मख्खिएको पनि देख्न पाइन्छ। साइनबोर्डका तस्बिरमा मयुरको फोटो र व्यवहारको खेतमा गिद्धका स्वप्नहरूको तथानाम नृत्य शृंखला चलिरहेको छ। सके सफा पानीले, पानीले नसके कविताको तेजाबले भए पनि धोएर सफा बनाउनुपर्ने मस्तिष्कहरूको सिर्जनात्मक जोड–घटाउ नजिक उभिएर आजको कविताले आफूलाई भोक लागेको संकेतका साथ सिर्जनात्मक पौरखी हात उठाइरहेको छ। एकथरीले हेर्ने साहसै गरेका छैनन्, एकथरी मिचाहा मुस्कान लिएर हिँडिरहेका छन्। एकथरी समय र सत्यतालाई चियास"गै घोलेर चुप रहेको कविताको आँखीझ्यालको आँखामै भ्रमप्रिय कुरूपता भएर अल्भि्करहेका छन्। सकारात्मकतास"गै जोडिएझैं देखिने यो अवसान उन्मुख असमानताको दुःखद स्मृतिका छायाँ हाम्रो वर्तमानसँगै भविष्यजस्ता अनुजहरूको अनुहारमा अवश्य पर्नेछन् र हेर्नै नसकिने गरी कुरूप हुनेछन्, इतिहासका कुनैकुनै पानाहरू। ती तमाम दूषित आत्मश्लाघालाई सकेर कुण्ठामुक्त र प्रिय बनाउन कविताले सिर्जनात्मक इतिहास आरोहणको आयोजन गर्नेछ। त्यो समय अनुष्ठानको कुनै सुन्दर एक दिन कविताले भोकको घोषणा गर्नेछ। मिठो सपनाजस्तै त्यो घोषणा र संयोजनको हामीले मुक्तकण्ठले प्रशंसा र आत्मसात गर्नेछौं।

हामी त्यही नित–नवीन उत्सवको प्रतीक्षामा छौं। अभिव्यक्ति कलाहरूमध्येकै सबैभन्दा प्रखर र प्रिय विधाको रूपमा स्थापित छ, कविता। प्रिय कविताको यात्रामा यात्रारत नदीको उन्मुक्त आन्दोलनलाई शिविरमै छोडेर स्वार्थ पूरा गर्नेहरूको महिमाबाट पनि टाढा राख्न सकिँदैन। बारम्बार आफू अब्बल दर्जाको पतन शिविरको महायात्रामा लाग्ने र अरूको परिवर्तन हुन सक्ने कमजोरीको अतिशयोक्तिपूर्ण चर्चा गरिरहने, सम्पूर्ण निर्माणको आफैं साक्षी र संवाहक हु" भन्न रुचाउने कला देखाउन बथान पाल्नेहरूका लागि सबै समय अनुकूल रहला र? कहिलेकाहीँ कविताले लेख्दालेख्दै कवितामै प्रश्न गर्ने प्रयत्न गर्छ। परिवेशहरूलाई जालमा कैद गर्ने शिल्पका कारण कवितालाई जा"डको झाँेकमा बारम्बार बलात्कार गर्नेहरू पनि सक्रिय छन्, यहाँ। आफ्नो वर्चस्व कायम हुने कविता शिविरमा शब्द खतरामा रहेको तथाकथित चर्चा गर्ने परम्पराको निँदलाई कविता आफैंले तोडेर अनुभव र आरोहण दुवैमा कञ्चन नदीको पानीको प्रिय गुञ्जन भएर ब्युँझाउने आग्रह राख्दछ। भविष्यस"ग समाहित परिवर्तनको जुलुसमा म र मेरो कविता, हामी र हाम्रा कविताहरूको उपस्थिति ज्यादै दह्रो र गतिशिल हुनुपर्दछ भन्ने भित्री आशयका साथ मेरो कवि आफ्नो कविताको ऐनामा एक युग बहकिने मन गर्छ। र, परिआएको खण्डमा एक्लै बग्न सक्नुपर्छ भन्ने आत्मधुनहरू मभित्रका पलहरूस"गैको काव्यिक सहवासमा कविताको नदी स्वयं उत्प्रेरक भएर गुञ्जिरहन्छ।

हामी कविताकै भोकमा जन्मियौ। कविताकै भोकको सेरोफेरोमा छौं। अचम्म लाग्छ, नया" कवि र कविताको चर्चा गर्नुपर्ने बेलामा समयका धेरै टाउका सरिसृपका शीतकालीन निद्रामा रहन्छन्। प्राकृतिक त्यो निद्राको नियम भंग गरेर आफ्नै आत्मरतिलाई आफ्नै मुखले सर्वत्र एसएमएस गर्नेहरूको सपथमा पथ मिलाएर कविताको होलसेल व्यापार गर्न उत्कण्ठा राख्न खोज्नेहरू नै शब्द खतरामा छ भन्छन्। आफूसँगको का"चो महानता उन्मुख यात्रामा समाहित हुन खोज्छन्। हास्यास्पद कुरो त्यहीँनेर साक्षी भएर कविता– कविताकै ओठ भएर हा"स्छ। उनीहरू शब्द खतरामा रहेको कुरा शब्दमै व्यक्त गरिरहेका हुन्छन्। आफू ठूलो हुने होडमा शब्द कहिल्यै मर्दैन भन्ने सबैभन्दा ठूलो प्रमाण आफैंले व्यक्त गरिरहेका हुन्छन्। नाम र स्वार्थका लागि जे पनि गर्न पछि नपर्नेहरूबाट अलिपर पुगेर सोच्छु— हामी बा"चिरहेको पृथ्वीको खण्डमा शब्दलाई माया र निरन्तर विश्वास गर्नेहरू पनि छन्। म त्यही हुलबीचको एउटा सर्जक हुन प्रयत्न गरिरहेको छु। जो शब्दको आकाशको विराटतामा आफूलाई सुम्पन्छन् तर आफ्नो स्वार्थको कालो तिर्खामा सामाजिक भोकको अभिनय गर्दैनन्। समयलाई कविताले पुज्ने र सजाउने परम्पराको समीपमै मलाई पनि भोक लाग्छ, बेस्सरी भोक लाग्छ। कविताको त्यही भोकको व्याकरणमा एक्लो र स्थिर भएर, सम्पूर्ण भयको आँखामा भयहीन भएर लेख्ने गर्छु म जीवनका टुक्रा–टुक्रा कोलाजहरूमा—

ए मेरो अक्षरको हिमाल!

पखाल आफैंलाई पखाल

कुरूपताबाट बचाउन पखाल,

चम्किला दृष्टिहरूबाट

हुरिस"ग नुघेर फर्किरहेका छन्

मेरा मस्तिष्कका समुन्द्र र हातहरू,

ए मेरो हृदयको नेपाल!

पखाल आफैंलाई पखाल

गरिबी, गन्ध र स्वार्थको दासताबाट,

आगोका खुट्टाहरूले हिँडेर

एउटा आरोहण

उक्लिरहेका छन् मेरा कविताहरू,

तिम्रो देशको सरस्वती

मेरो मुखमा कैद छ

होसियार!

अचाक्ली भोक लाग्यो भने

म त्यसलाई खाइदिन पनि सक्छु,

कविताको भोक

समाधिमा पनि उग्र समाधि भएर फैलिरहन्छ

हत्केलाभरि आकाश बोकेर,

कता हो कता आफैंभित्रको सुदूरमा

फैलिएझैं गरी फैलिरहन्छ

समय, सपना र चेतना भएर।

प्रकाशित: ११ भाद्र २०७२ २२:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App