पक्राउ पर्नेहरुमा बैदेशिक रोजगारीबाट फर्केकाहरु दाङका धन बहादुर थापा, इन्द्र तामाङ, धनकुटाका दिल बहादुर तामाङ, सल्यानका लक्ष्मण बोहरा, लम्जुङका सुरज तामाङ, रामजी नेपाली, गोरखाका चिज कुमार कार्की रहेका छन्। सामान बुझ्न गएका चितवन रत्ननगर नगरपालिका–२ की शोमा मोक्तान र ताप्लेजुङ फागुम्बा–८ बस्ने २६ बर्षीय चन्द्र लिम्बुलाई पनि प्रहरीले पक्राउ गरेको छ।
आफुहरु बैदेशिक रोजगारीको सिलसिलामा मलेसियाबाट फर्कदा मलेसियामा चिनेको एकजना व्यक्ति मार्फत सम्पर्क भएको अपरिचित व्यक्तिले उक्त सामानहरु काठमाडौँ लगिदिए बापत केही रकम र खान बस्नको समेत प्रवन्ध गरिदिने सर्तमा सामान ल्याइदिएको पक्राउ परेका व्यक्तिहरुले प्रहरी समक्ष बताएका छन्।
प्रकाशित: ११ भाद्र २०७२ ०१:३६ शुक्रबार





