२३ पुस २०८२ बुधबार
image/svg+xml
अन्य

मालपोत अधिकृतलाई कालोमोसो दलेर फरार

विराटनगर– नेकपा–माओवादीका कार्यकर्ताहरुले शुक्रबार विराटनगरस्थित मालपोत कार्यालयको कार्यकक्षमा एकजना अधिकृतलाई कालोमोसो दलेका छन्।


सेवाग्राहीका रुपमा प्रवेश गरेका दुईजनाले मालपोत अधिकृत कुमार आचार्यलाई कार्यालयस्थलमै कालोमोसो दलेको सो कार्यालयका प्रमुख नरेन्द्र पौडेलले जानकारी दिए। दुईवटा मोटरसाइकलमा आएका चारजनामध्ये दुईजना कार्यकक्षमा प्रवेश गरेका र अन्य दुईजना मोटरसाइकल चालु अवस्थामा राखी बसेका थिए। उनीहरु कालोमोसो दलेर सोही मोटरसाइकलबाट भागेका थिए।

मालपोत कार्यालयका कर्मचारीहरुले एक विज्ञप्ति जारी गरी कर्मचारीमाथि अभद्र र अमानवीय व्यवहार भएको भन्दै दोषीमाथि कडा कारबाहीको माग गरी ११ः५० बजेदेखि कामकाज ठप्प पारेका छन् । रासस

प्रकाशित: २९ श्रावण २०७२ ०४:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App