एसेज क्रिकेटको पाँचौँ तथा अन्तिम टेस्टको दोस्रो इनिङ्समा समेत भ्रमणकारी टोली इंल्यान्ड धरमराएपछि अस्ट्रेलिया बलियो स्थितिमा पुगेको छ।
चौथो दिनको खेलको समाप्तिमा इंल्यान्डले ८ विकेट गुमाएर ३०२ रन बनाएको छ। यो स्थितिमा इंल्यान्डलेमात्र ११९ रनको अग्रता बनाएको छ र ऊसँग अब मात्र २ विकेट बाँकी छ।
जाकोब बेथेल १४२ रनमा नटआउट छन्। बेन डुकेट र हेरी ब्रुकले समान ४२ रन बनाएपनि अन्यको प्रदर्शन उल्लेख्य हुन नसक्दा इंल्यान्ड संकटमा परेको हो।
घरेलु टोलीका लागि बेउ वेब्स्टरले ३, स्कट बोल्यान्डले २ र मिचेल स्टार्स र माइकल नासिरले समान एक विकेट लिएका छन्। इंल्यान्डले पहिलो इनिङ्समा ३८४ रन बनाएको थियो।
यसअघि ७ विकेटको क्षतिमा ५१८ रनबाट बुधबार चौथो दिनको खेल थालेको कंगारु टोली ५६७ रनमा अलआउट भयो। बेउ वेब्स्टर ७१ रनमा नटआउट रहँदा क्याप्टेन स्टेभन स्मिथले १३८ र ट्रेभिस हेडले १६३ रन बनाए।
ब्रिडोन कार्स र जोस टगले समान तीन विकेट झारे । पाँच खेलको शृंखलामा अस्ट्रेलिया ३-१ ले अघि छ।
प्रकाशित: २३ पुस २०८२ १३:४४ बुधबार


-600x400.jpg)


