३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

रास्वपाबाट फेरि एमालेमै फर्किए कमल गैरे

राष्ट्रिय युवा संघ नेपाल दमक नगर कमिटी सचिव कमल गैरे फेरि नेकपा एमालेमै फर्किएका छन्।

कमिटीको सचिव पद छाडेर उनी रास्वपा प्रवेश गरेका थिए। बालेनलाई जिताउन रास्वपा प्रवेश गरेका गैरे २४ घन्टा नबित्दै पुन: एमालेमै फर्किएको उनले अध्यक्ष केपी शर्मा ओलीसँगको तस्बिर सार्वजनिक गर्दै जानकारी दिएका हुन्।

उनले फेसबुकमा लेखेका छन्, 'म कमलप्रसाद गैरे विद्यार्थी जीवनदेखि नै नेकपा एमालेको जनसंगठन अनेरास्ववियु हुँदै राष्ट्रिय युवा सङ्घ नेपाल दमक नगर कमिटी को सदस्य, उपसचिव सचिव को भूमिका निर्वाह गरि पार्टीको  संगठित सदस्य रहेर विगत लामो समयदेखि पार्टीका विभिन्न गतिविधिहरूमा इमान्दारीपूर्वक संलग्न हुँदै आएको छु। हिजो केही व्यक्तिहरूको‌ दबाब र प्रभावमा परी सामाजिक सञ्जाल मार्फत पार्टी छोडेको भनेर लेखेता पनि मैले गहिरो सोच, अध्ययन र विश्लेषण गर्दा नेकपा एमाले मात्र राष्ट्र र जनताको आशा र भरोसाको केन्द्र रहेकाले हिजो गरेका गल्तीलाई सच्चाई ‌समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा बोकेको पार्टीमा नै हिजो पनि यही थिए आज पनि यही छु र भोलि पनि यही रहने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। साथै दमक तथा झापा क्षेत्र नम्बर ५ हुँदै समग्र राष्ट्रकै विकासका लागि राष्ट्रनायक केपी ओली नै भएको हुनाले केपी ओलीलाई जिताउनका लागि म यथावत् रूपमा यही पार्टी तथा संगठनमा रही यो अभियानलाई पूरा गर्ने संकल्पसहित प्रतिबद्ध रहेको सम्पूर्णमा जानकारी गराउन चाहन्छु।'

प्रकाशित: ८ माघ २०८२ १३:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App