१ माघ २०८२ बिहीबार
image/svg+xml
अन्य

कोइराला पक्षद्वारा देउवा पक्षीय नेताको हत्या (अपडेट)

लेखनाथ (कास्की)– नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा लेखनाथ नगरपालिकाका स्थानीय कांग्रेस नेता रामजी बादलको हत्या भएको छ।  बिहीबार राति अबेरसम्म पार्टीको अान्तरिक बैठकमा सहभागी भएर फर्किएका बादलको शव शुक्रबार बिहान लेखनाथ नगरपालिका–१३ गगनगौँडामा फेला परेको हो।

badal

हत्या गरिएका कांग्रेस नेता रामजी बादल। फाइल तस्विरः केशवशरण

हत्या गरिएका रामजी कांग्रेसभित्रका शेरबहादुर देउवा पक्षीय नेता हुन्। दुई दिन अघि दुई पक्षबीच झडप भएपछि त्यसलाई मिलाउन बिहीबार राति स्थानीय बुद्धिमान गुरुङको घरमा छलफल बोलाइएको थियो। सो छलफलबाट फर्किने क्रममा उनीमाथि कोइराला पक्षले अाक्रमण गरेको हो। राति ११ बजे फर्किएका उनमाथि बाटो ढुकेर बसेको समूहले अाक्रमण गरेको थियो।

बैठक सकेर फर्किएका उनमाथि मोटरसाइकलको हेल्मेट लगायतले प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।।

घटनामा मनोज गुरुङ र नारायणहरि तिवारी गम्भीर घाइते भएका छन्। उनीहरुको उपचार भइरहेको छ।

प्रहरीले घटनामा संलग्नको आरोपमा लेनपा १६ वडा समितिको सभापति राजु रानाभाटलाई पक्राउ गरेको छ। उनी कोइराला पक्षका हुन्।

हत्याको विरोधमा शुक्रबार पृथ्वी राजमार्ग तथा लेखनाथ नगरपालिका क्षेत्रका सडक ठप्प पारिएको छ।

प्रकाशित: २९ श्रावण २०७२ ०५:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App