२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेसले आफ्नो वेबसाइटबाट हटायो गगन, विश्वप्रकाश र फरमुल्लाको नाम

नेपाली कांग्रेसले पार्टीको आधिकारिक वेबसाइटबाट गगनकुमार थापा, विश्वप्रकाश शर्मा र फरमुल्ला मन्सुरको नाम हटाएको छ।

कांग्रेसले विशेष महाधिवेशनबाट सभापतिमा चयन भएका थापासहित तीन जनाको तस्बिर र नाम पार्टीको आधिकारिक वेबसाइटबाट हटाएको हो। महामन्त्री गगनसँगै अर्का महामन्त्री शर्मा र सहमहामन्त्री मन्सुरको नाम अहिले वेबसाइट छैन।

भृकुटीमपण्डामा सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट शर्मा उपसभापति र मन्सुर सहमहामन्त्रीमा सर्वसम्मत चयन भएका थिए। सो पश्चात् पार्टीले कारबाही समेत गरेको थियो।

प्रकाशित: १ माघ २०८२ १२:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App