काठमाडौं– थाइल्याण्डमा काम लगाइ दिने भनी एक युवाबाट ३ लाख ५० हजार ठगेको आरोपमा महानगरीय अपराध महाशाखा टेकुको प्रहरी टोलीले डिबेस्ट एजुकेशन कन्सल्टेन्सीकी सञ्चिालिकालाई पक्राउ गरेको छ।

थाइल्याण्डमा रहेका आफ्ना दाजुले मासिक ६० हजार रुपैयाँ पारिश्रमिक पाउने गरी जागिर लगाइ दिने भन्दै काठमाडौं बुढानिलकण्ठ–१२ का गोकुल क्षेत्रीसँग सञ्चालिका वाग्लेले ३ लाख ५० हजार रकम लिएको र काममा नलगाइदिएको पीडितको उजुरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ।
सञ्चालिका वाग्लेलाई एक लाख रुपैयाँ बुझाएर थाइल्याण्ड गएका गोकुलले त्यहाँ पुगेर वाग्लेकी दाजु बताउने व्यक्तिलाई २ लाख ५० हजार रुपैयाँ दिएको र पैसा लिएपछि ती व्यवक्ति वेपत्ता भएको पीडितको उजुरी रहेको प्रहरीले जनाएको छ ।
कामविहिन भई अलपत्र परेपछि नेपाल फर्किएका पीडित गोकुललाई पुनः अर्को काममा पठाइदिने आश्वासन सञ्चालिका वाग्ले दिएपछि उनले प्रहरीमा उजुरी गरेका थिए । उजुरीका आधारमा स्युचाटारबाट पक्राउ गरिएकी वाग्ले विरुद्ध ठगी मुद्धामा कारवाही शुरु गरिएको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित: २८ श्रावण २०७२ ०६:१० बिहीबार





