‘मिलाप’ मासिकले उपन्यासकार नगेन्द्र न्याैपानेकाे चाैथाे उपन्यास ‘दरबारकाे कानुन’ लाेकार्पण गरेकाे छ।
साहित्यकार प्राध्यापक पुरूषाेत्तम दाहालकाे अध्यक्षता र प्राडा शैलेन्दुप्रकाश नेपालकाे प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि, सभाध्यक्ष, विशेष अतिथि खेमनाथ दाहाल लगायतले कृतिकाे लाेकार्पण गरेका हुन्।
समीक्षक डा. अम्बिका अर्यालले गल्ती गर्नेले छाती फुकाएर हिंडेकाे र गल्ती नगर्नेले यातना खेपिरहेकाे तीताे यथार्थ उपन्यासमा समेटिएकाे बताइन्।
त्यस्तै डा. यज्ञेश्वर निराैलाले नमितासुमिता काण्डमा आधारित उपन्यासमा मान्छेकाे क्रूरताकाे चित्रण गरिएकाे बताए। यस्ताे घटना नदाेहाेरियून् भन्ने सचेत गराउन उपन्यासकारकाे ध्येय हुन सक्ने पनि उनले बताए।
साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले डायास्पाेरिक स्रष्टाहरूले नेपाली साहित्यकाे समृद्धिका लागि उल्लेख्य भूमिका निर्वाह गरिरहेकाे बताए।
त्यस्तै महाकाव्यकार खेमनाथ दाहालले कठाेर साधनामा लेखिएकाे उक्त उपन्यासले उपन्यास लेख्न चाहनेहरूलाई सन्दर्भ सामग्रीकाे काम गर्ने बताए।
प्रमुख अतिथि साहित्यकार प्राध्यापक पुरूषाेत्तम दाहालले स्रष्टाहरू स्रष्टाहरू आफ्नाे लेखनीप्रति सधैं जवाफदेही हुनुपर्ने बताए।
साहित्यकार कृष्ण भुसालले सञ्चालन गरेकाे कार्यक्रमका गीत अधिकारीले सहभागीहरूलाई शब्द मार्फत स्वागत गरेकी थिइन्।
कार्यक्रमका प्रमुख अतिथि शैलेन्दुप्रकाश नेपालले इतिहास बुझ्ने उपन्यास निकै भरपर्दाे भएकाे बताए।
उनका त्यस्तै हराएका कैदीहरू (कवितासंग्रह), यात्राकाे बङ्गालादेश (यात्रासंस्मरण), अन्तिम घुट्काे (कथासंग्रह), उल्टाे रिस (उपन्यास), कङ्गाे र इथाेपियाकाे सेराेफेराे (नियात्रासंग्रह), बर्मा र थाइल्यान्डभित्र नेपाल (नियात्रासंग्रह), दरबारबाहिरकी महारानी (उपन्यास), खण्डहर दरबार (उपन्यास) प्रकाशित कृति हुन्।
लाेकार्पित उपन्यास ब्रदर बुक्स प्रकाशन प्रालिले बजारमा ल्याएकाे हाे। बद्री अधिकारीकाे डिजाइन र आवृत्ति छापाखानाकाे मुद्रण रहेकाे छ।
कार्यक्रममा गणेश सुवेदी, तुलसी गिरी भावुक, बद्री अधिकारी, राजेन्द्र दाहाल, नारायण नेपाल, बाेधराज पाैडेल, मदन अधिकारी, यज्ञेश्वर निराैला, रमेश दाहाल, रमेश पाठक, राजेन्द्र दाहाल, रीना श्रेष्ठ, सफल पाैडेल, सुरेन्द्र थापा, श्रीराम राई लगायतकाे स्रष्टा,पत्रकारकाे उपस्थिति रहेकाे थियाे।
प्रकाशित: १८ पुस २०८२ १२:०९ शुक्रबार





