१८ पुस २०८२ शुक्रबार
image/svg+xml
अन्य

भाटभटेनी सुपरमार्केटबाट सामान चोर्ने दुई गार्ड पक्राउ

काठमाडौं– भाटभटेनी सुपरमार्केटबाट सामान चोर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–६ चुच्चेपाटी स्थित भाटभटेनी सुपरमार्केटबाट सामाना चोरेको अभियोगमा सोही सुपरमार्केटका सुरक्षा गार्ड शेरबहादुर बुढाथोकी र दुर्गाबहादुर भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो।

 

रामेछाप गेलु–८ घर भएका ४७ वर्षीय बुढाथोकी र नुवाकोट कालिकास्थान–१ घर भएका ४५ वर्षीय भण्डारीलाई बुधबार पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

बुढाथोकी र भण्डारीले विभिन्न समयमा सुपरमार्केटका सामान चोरी आफ्नो कोठामा लुकाएर राखेका थिए। प्रहरीले कोठामा छापा मारी चोरिएका सामान बरामद गरेको छ।

प्रकाशित: २८ श्रावण २०७२ ०२:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App