वैदेशिक रोजगार मुद्दामा वैदेशिक रोजगार न्यायाधिकरणको २०६८ माघ २९ को फैसलाले २ वर्ष कैद र २ लाख रुपैयाँ जरिवाना ठहर भई कैद तथा जरीवाना बेरुजु रही महर्जन हालसम्म फरार रहेका थिए ।
महर्जनले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भनी काठमाडौं किर्तिपुर नगरपालिका–१० का ज्ञानीछोरी महर्जन र उनका पति राजकुमार महर्जनबाट २०६५ माघ १५ गते जनही ९ लाख ६५ हजार गरी जम्मा १९ लाख ३० हजार रुपैयाँ र काठमाडौं महानगरपालिका–१० बानेश्वर बस्ने उदयपुर चौदण्डी–५ का हरि रेग्मीबाट २०६५ पुस २७ गते १५ लाख ८१ हजार रुपैयाँ बराबरको रकम तमसुक कागज गरी लिएका थिए ।
रोजगारीको लागि नपठाई रकम ठगी गरेकाले महर्जनद्वयको मुद्दामा २० लाख २५ हजार तथा रेग्मीको मुद्दामा ९ लाख ४६ हजार ५ सय रुपैयाँ बिगोसमेत भराउने गरी कैद तथा सजायको उक्त न्याधिकरणबाट फैसला भएको थियो ।पक्राउ महर्जनलाई फैसला कार्यान्वयनको लागि ब्यूरोले काठमाडौं जिल्ला अदालतमा पेश गरेको छ ।
प्रकाशित: २७ श्रावण २०७२ ०६:०८ बुधबार





