२३ पुस २०८२ बुधबार
image/svg+xml
अन्य

एटिम तथा इन्टरनेट बैंकिङबाट पैसा चोर्ने २ भारतीय पक्राउ

काठमाडौं– एटिएम बुथ तथा अनलाइन बैँकिङका माध्यमबाट अनधिकृत रुपमा रकम निकालेको अभियोगमा दुई भारतीय नागरिक प्रक्राउ परेका छन्। भारतको बिहार भवानीग्राम पन्चायत घर भई हाल बीरगंज–१ छपकैया बस्ने ३० बर्षीय भुषण पाण्डे र २२ बर्षीय दिलिप कुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो।

 

महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको टोलीले उनीहरुलाई शनिबार बीरगंजबाट पक्राउ गरेको थियो। नबिल बैंकका केही ग्राहकहरुको बैंक खाताबाट उनीहरुले पोखरा तथा वीरगञ्जका विभिन्न स्थानहरुमा ग्राहकहरुलाई झुक्याई एटिमए कार्डको सूचना प्राप्त गरी अनधिकृत रुपमा रकम निकालेका थिए।

पहेँलो धातुलाई सुन भन्ने पक्राउ
पहेलो धातुलाई सुन भन्दै ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । काभ्रे कानपुर–६ की २९ बर्षीया अन्जना तामाङ भन्ने लक्ष्मी लामा र ताप्लेजुङ फाकुम्बा–६ का ४२ बर्षीय कर्णध्वज लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो।

महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको प्रहरीले काठमाडौं जमलबाट बा६९प ८६१ नंबरको स्कुटर सहित उनीहरुलाई पक्राउ गरेको थियो । उनीहरुले गत असार ३० गते काठमाडौ महानगरपालिका–३४ कोटेश्वर बस्ने लक्ष्मण खड्कालाई पहेलो धातु देखाई ५ लाख ५० हजार रुपैया ठगी गरेका थिए।

प्रकाशित: २४ श्रावण २०७२ २०:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App