७ माघ २०८२ बुधबार
image/svg+xml
अन्य

अर्काको चेकबाट ३ लाख निकालेर ठग्ने पक्राउ

काठमाडौं– मकवानपुरको टिस्टुङ्ग गाविस–७ का सुकराम घलानले आफ्ना भतिजा बलराम घलानलाई दिनू भनी साउदी अरबबाट पढाएको बैंक चेक आफैले साटी रकम ठगी गर्ने लुङ्गबहादुर लामा पक्राउ परेका छन् ।


रोजगारीको क्रममा साउदी अरब गएका सुकराम १५ महिनाअघि साउदीमै जेलपरेपछि आफूसँग भएको बैंकखातामा रहेको रकम भतिजाले पाउने गरी पढाए पनि काभ्रेको कोशीदेखा गाविस– ८ का लामाले चेकमा आफै दस्तखत गरी ३ लाख रुपैयाँ निकालेका थिए ।

लामाले बैंकीङ कसुर ठगी गरेकोले कारवाही गरी पाऊँ भनी महानगरीय अपराध महाशाखामा उजुरी परेपछि प्रहरीले काठमाडौंको डल्लुबाट अभियुक्त लामालाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेका लामालाई आवश्यक कारवाहीका लागि महानगरी प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ ।


प्रकाशित: २२ श्रावण २०७२ ०३:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App