उनको फिल्म 'मखमली' मा सलमान खानको फिल्म 'किक' को एक गीतको कोरियोग्राफी कपी गरेको पाइएको थियो। अहिले निर्माणको क्रममा रहेको फिल्म 'बिन्दास ३' को पोस्टर सार्वजनिक भएको छ। जहाँ उनले सीधा कपी गरेको पाइएको छ।
'बिन्दास–३' को पोस्टर सन्नी लियोन अभिनीत फिल्म 'जिस्म–२' सँग ठ्याक्कै मिल्छ। पोस्टरमा शुभेच्छा थापालाई सनी लियोनको विपरीत फर्काइएको छ। सन्नीको हट शरीरमा अभिनेत्री शुभेच्छा थापाको टाउको जोडेर पोस्टर सार्वजनिक गरिएको भन्दै पोस्टरको सर्वत्र खिल्ली उडाइएको छ। 'बिन्दास' व्यापारिक रूपमा सफल फिल्म रहे पनि 'बिन्दास २'ले अपेक्षित सफलता हात पार्न सकेन। यद्यपि, यसको सिक्वेल निर्माण जारी छ।
प्रकाशित: २२ श्रावण २०७२ ००:५० शुक्रबार





